१० बैशाख २०८३, बिहिबार

नेपाल स्तरोन्नतिसँगै निजी क्षेत्रको भूमिका अझ महत्वपूर्ण: अध्यक्ष राउत

Logo
news बिहिबार, बैशाख १०, २०८३

नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकतर्फ स्तरोन्नति हुने तयारीमा रहेको सन्दर्भमा निजी क्षेत्रको भूमिका अझ महत्वपूर्ण हुने औंल्याइएको छ।नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र साउथ एसिया वाच इन ट्रेड, इकोनोमिक्स एन्ड इन्भारन्मेन्ट (SAWTEE) को आयोजनामा विराटनगरमा आज आयोजित छलफल कार्यक्रममा महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले यस्तो धारणा व्यक्त गरेका हुन्। उनले नेपालले स्तरोन्नतिसँगै पाउँदै आएको अन्तर्राष्ट्रिय सहुलियतहरू क्रमशः घट्दै जाने उल्लेख गर्दै अर्थतन्त्रलाई सुदृढ बनाउन निजी क्षेत्रलाई थप सक्रिय हुनुपर्ने बताए। “अब निजी क्षेत्र घरेलु बजारमा मात्र सीमित रहने अवस्था छैन, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता छ,” उनले भने।

अध्यक्ष राउतले उत्पादनको गुणस्तर सुधार, लागत न्यूनीकरण तथा आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको उल्लेख गरे। उनले निर्यातमुखी सोच विकास गर्दै नेपाली उत्पादनलाई विश्व बजारमा स्थापित गर्न ब्रान्डिङ र बजार विविधीकरणमा जोड दिनुपर्ने बताए।त्यसैगरी, नवप्रवर्तन र डिजिटल प्रविधिमा लगानी वृद्धि, स्टार्टअप प्रवर्द्धन तथा अनुसन्धान र विकासलाई प्राथमिकतामा राख्नुपर्ने उनले औंल्याए। दक्ष जनशक्ति उत्पादनका लागि उद्योग र शिक्षाबीच समन्वय आवश्यक रहेको र सीप विकासमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा SAWTEE ले नेपालको स्तरोन्नतिसँग सम्बन्धित विभिन्न क्षेत्रगत अध्ययन तथा अनुसन्धान गर्दै आएको जानकारी दिइयो। अन्तर्राष्ट्रिय श्रम संस्था (ILO) र नेपाल तयारी पोशाक संघसँगको सहकार्यमा गार्मेन्ट तथा टेक्सटाइल क्षेत्रमा स्तरोन्नति पश्चात् आउन सक्ने चुनौती तथा अवसरबारे अध्ययन गरिएको जनाइएको छ।उक्त क्षेत्रमा अतिकम विकसित मुलुकले पाउँदै आएको भन्सार छुट तथा कोटारहित बजार पहुँचमा कमी आउँदा उत्पादन तथा निर्यातमा असर पर्न सक्ने अध्ययनले देखाएको छ।

यस्तै, सम्भावित चुनौतीहरूको जोखिम न्यूनीकरण गर्न तयारी पोशाक क्षेत्रको निर्यात सम्भावना उपयोग गर्न रणनीतिक रूपरेखा तयार पार्ने काम भइरहेको SAWTEE ले जनाएको छ।कार्यक्रममा सरोकारवालाहरूबाट अध्ययनका निष्कर्ष तथा रणनीतिक रूपरेखाबारे सुझाव संकलन गरिएको थियो।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१