२३ मंसिर २०८२, सोमबार

उपचारमा छुट दिन न्यूरो र नोबेल अस्पताल बिच सम्झौता

Logo
news सोमबार, मंसिर २३, २०८२

बिरामीलाई उपचारमा छुट दिने विषयमा विराटनगरका दुई ठुला स्वास्थ्य संस्था न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल र नोबेल मेडिकल कलेज टिचिङ्ग अस्पताल बिच सम्झौता भएको छ । न्यूरो अस्पतालका अध्यक्ष डा. विरेन्द्रकुमार बिष्ट र नोबेल मेडिकल कलेजका संरक्षक डा. सुनिल शर्माको उपस्थितिमा आइतबार बिरामीलाई सहुलियतमा उपचार सेवा प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।सम्झौता अनुसार न्यूरो अस्पतालले नोबेल अस्पतालमा पठाउने क्यान्सर रोगका बिरामीले उपचारमा २५ प्रतिशतसम्म छुट पाउने छ । जसका लागि न्यूरो अस्पतालले आफ्नो लेटर प्याडमा बिरामीको नाम उल्लेख गरेर पठाउनु पर्नेछ ।यस बाहेक न्यूरो अस्पतालको सिफारिसमा नोबेल अस्पतालले १ वर्षमा १० देखि १५ जना बिरामीलाई किड्नी ट्रान्सफरमा ५० प्रतिशतसम्म छुट दिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । डा. सुनिल शर्माले विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौँमा काठमाडौँ मेडिकल कलेज सञ्चालन गरिरहेका छन् ।विराटनगरको नोबेल मेडिकल कलेजमा केही समय भित्र किड्नी ट्रान्सफरको उपचार सेवा सुरु हुन लागेको छ । काठमाडौँ मेडिकल कलेजमा किड्नी ट्रान्सफर सेवा उपलब्ध छ ।नोबेल कलेजका संरक्षक डा. सुनिल शर्माले विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौँको काठमाडौँ मेडिकल कलेजमा किड्नी ट्रान्सफर गर्न न्यूरो अस्पतालको सिफारिसमा उपचार सेवा लिन आउँने बिरामीलाई ५० प्रतिशतसम्म छुट दिने गरेको सम्झौता पत्रलाई कार्यान्वयन गर्ने बताए ।न्यूरो र नोबेल मेडिकल कलेजमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ तथा अन्य कर्मचारीका लागि सीप विकास तालिम सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । विराटनगरको न्यूरो अस्पतालमा उपचार सेवा लिन आउने भारतीय बिरामीको संख्या अत्याधिक हुने गरेको छ । भारतीय बिरामीलाई थप उपचार सेवा प्रदान गर्ने उद्देश्यका साथ न्यूरो र नोबेल अस्पताल बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । तर भारतीय बिरामीले न्यूरो अस्पतालमा उपचार सेवा लिन जाँदा मोटो रकम छुट पाउँने छन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१