२३ मंसिर २०८२, सोमबार

विभागद्वारा पूर्ण कर परिक्षण गर्न पत्राचार, राजस्व छली गर्ने फर्ममाथि अनुसन्धान गर्ने बाटो खुल्यो

Logo
news सोमबार, मंसिर २३, २०८२

आन्तरिक राजस्व विभागले पूर्ण कर परिक्षण गर्न सबै कार्यालयलाई पत्राचार गरेको छ । पत्रचारसँगै अब राजस्व छली गर्ने फर्ममाथि अनुसन्धान गर्ने बाटो खुलेको हो ।

आन्तरिक राजस्व कार्यालय विराटनगरमा दर्ता गरी कारोवार गर्दै आएका व्यवसायिक फर्महरूको पुस मसान्तमा आर्थिक वर्ष २०८२/८३ का लागि पूर्ण कर परिक्षणलाई निरन्तरता दिने वा नदिने भन्ने अन्यौल रहेको थियो । हालै विभागले पत्राचार गरेसँगै कर परिक्षणको कामले निरन्तरता पाउने निश्चित भएको हो । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि कोशी प्रदेशको राजधानीको मुख्य विराटनगर बजारमा नै कहालिलाग्दो रूपमा बढेको कर छलीका घट्नाले विशेष चर्चा पाउन थालेको छ । अव पूर्ण कर परिक्षण र राजस्व छलीका कुरामा आन्तरिक राजस्व कार्यालय आक्रमक हुने अवस्था बन्ने अपेक्षा गरिएको छ । जेन–जी आन्दोलनबाट ध्वस्त भएको आराकाबाट सामान्य सेवा मात्रै दिने र कुनै व्यवसायी प्रतिष्ठानमा अनुगमन नै गर्न नसक्ने भन्दै विराटनगर बजारमा अकल्पनी राजस्व छलीका घट्नाहरू सार्वजनिक भएका थिए ।

आन्तरिक राजस्व कार्यालयले पनि कर्मचारीमा काम गर्ने मनोबल नभएको भनेर पछिल्लो समय बजार अनुगमन समेत कार्यालयले गर्न सकेको थिएन । सोही कारण व्यवसायीबाट भएका कर छलीका उजुरीको चाङ्ग लागेर कार्यालयमा थन्किएर बस्दासमेत आराका मौन भएर बसेको थियो । तर, गत मंसीर १७ गते आन्तरिक राजस्व विभागका निर्देशक वासुदेव अधिकारी सबै मातहतका कार्यालयहरूलाई पत्राचार गरेर पूर्ण कर परिक्षण समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । अब विस्तारै आराकाका कर्मचारी बजारमा गएर अनुगमन गर्ने र राजस्व छलीमा संलग्नलाई आवश्यक कारबाही प्रक्रिया अगाडी बढाउने तयारी गरेको आराका उच्चस्रोतले बताएको छ ।

जेन–जी आन्दोलन पश्चात् बजार अनुगमन नहुँदा विराटनगर बजारमा अनियन्त्रित रूपमा राजस्व छली बढेको जानकारी पनि व्यवसायी स्रोतले नै आर्थिक दैनिकलाई दिएको छ । राज्यका निकायहरू नीरिहुँदा अराजक र अनियन्त्रीत बजार भएको थियो । अर्थ मन्त्रालयले नै सबै उद्योगी व्यवसायीलाई आफैं (स्वयं) कर निर्धारण गर्न र सरकारलाई राजस्व बुझाउन पछिल्लो समय आह्वान नै गरेको थियो । अहिले आएर सबै प्रकारका कर परिक्षण रोक्न भन्दै निर्देशन गरेपछि सरकारले लिएको नीति अनुसारको स्वयं कर निर्धारण लक्ष्य नै धरापमा परेको दाबी स्रोतले गरेको हो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१