२० मंसिर २०८२, शुक्रबार

कोरियाली ‘छन्जे एजुकेशन’सँग एस्पायर कलेजको सहकार्य, डिजिटल शिक्षा रूपान्तरणतर्फ नयाँ मोड

Logo
news बिहिबार, मंसिर १९, २०८२

विराटनगर / एस्पायर कलेजले दक्षिण कोरियाको अग्रणी डिजिटल शिक्षा प्रविधि कम्पनी छन्जे एजुकेशनसँग रणनीतिक सहकार्य सम्झौता (एमओयू) सम्पन्न गर्दै आफ्ना शैक्षिक कार्यक्रमलाई वैश्विक स्तरको डिजिटल मापदण्डमा रूपान्तरण गर्ने अभियानलाई औपचारिक रूप दिएको छ ।

कलेजले यो साझेदारीलाई नेपाली उच्च शिक्षामा नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यको नयाँ ढाँचाका रूपमा व्याख्या गरेको छ।

काठमाडौँ विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ स्कुल र शिक्षा स्कुलमार्फत बीआईटी तथा बी–टेक. एड–आईटी कार्यक्रम सञ्चालन गर्दै आएको एस्पायर कलेजले कोरियाली सहकार्यपछि आफ्ना विद्यार्थीलाई अन्तर्राष्ट्रिय एड–टेक अभ्यास, उद्योग–स्तरका परियोजना, तथा उदीयमान डिजिटल सिकाइ मोडेलसँग प्रत्यक्ष जोड्ने योजनामा छ।

सम्झौता अनुसार छन्जे एजुकेशनले डिसेम्बर ८ देखि ६ हप्ते अन्तर्राष्ट्रिय बुटक्याम्प सञ्चालन गर्नेछ। बुटक्याम्पपछि २ दिने ह्याकाथन हुनेछ । कार्यक्रममा सहभागी विद्यार्थीले डिजिटल सामग्री निर्माण, यूआई/यूएक्स डिजाइन, गिटहब–आधारित कोडिङ कार्यप्रवाह, इन्टरेक्टिभ सिकाइ प्रणाली विकासदेखि क्लाउड डिप्लोयमेन्टसम्मका कौशल उद्योगमै प्रयोग हुने स्तरमा सिक्ने अवसर पाउनेछन्  ।

ह्याकाथनमा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष तीन टोलीलाई नगद पुरस्कारसँगै कोरियाली एड–टेक परियोजनामा प्रत्यक्ष काम गर्ने अवसर प्रदान गरिने कलेजले जानकारी दिएको छ । कलेजका अनुसार यसले विद्यार्थीको अन्तर्राष्ट्रिय पहुँच, व्यावहारिक दक्षता र करियर प्रतिस्पर्धात्मकतामा उल्लेखनीय बढोत्तरी गर्नेछ ।

एस्पायर कलेज र छन्जे एजुकेशनबीचको सहकार्यलाई नेपालमा सीप–केन्द्रित र प्रविधिमुखी शैक्षिक रूपान्तरणको नयाँ उदाहरणका रूपमा हेरिएको छ । कलेजका अनुसार यसले नेपाली विद्यार्थीलाई वैश्विक एड–टेक वातावरणसँग प्रत्यक्ष जडान गराउँदै उच्च गुणस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यलाई थप सुदृढ बनाउनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१