१८ भाद्र २०८२, बुधबार

व्यवसायिक स्थल सुरक्षार्थ संघद्वारा आयोजित सेमिनार सम्पन्न

Logo
news सोमबार, भाद्र १६, २०८२
मोरङ उद्योग व्यापार संघले व्यवसायिक स्थलहरुको सुरक्षार्थ Fire Safety and Insurance Policies (अग्नी सुरक्षा र वीमा नीतिहरु) विषयक सेमिनारको आयोजना गरेको छ । ‘Safe Workplace, Secure Future’ (सुरक्षित कार्यस्थल, सुरक्षित भविष्य) भन्ने नाराका साथ उद्योगी/व्यवसायीहरुलाई आ–आफ्नो व्यवसायिक स्थलको अग्नी जोखिम व्यवस्थापन तथा सुरक्षात्मक वीमा नीतिहरु बारे विज्ञहरुबाट जानकारी गराउने उद्देश्यले सो सेमिनार आयोजना गरिएको थियो ।
संघका कार्यसमिति सदस्य एवं वीमा तथा वित्तीय समन्वय समितिका संयोजक अमित राठीको संयोजकत्वमा आयोजित उक्त सेमिनारलाई संघका अध्यक्ष अनुपम राठीले सभापतित्व गर्नु भएको थियो भने संघका महासचिव संजय कुमार श्रेष्ठले उक्त सेमिनारलाई संचालन गर्नु भएको थियो । नेपाल वीमा प्राधिकरण, कोशी प्रदेशकी प्रमुख श्रीमती प्रिति देव र विराटनगर महानगरपालिकाका नगर निरिक्षक श्री राजन पौडेल समेतको उपस्थिति रहेको उक्त सेमिनारमा अग्नी जोखिम व्यवस्थापन विज्ञ मनोज खत्री र वीमा विज्ञ प्रज्वल आचार्यले सहजीकरण गर्नु भएको थियो ।
सेमिनारको औपचारिक सत्रमा स्वागत मन्तव्य दिँदै अध्यक्ष अनुपम राठीले कार्यस्थलमा सुरक्षात्मक विधिहरु अपनाउनाले मानव जीवन, सम्पत्ति र व्यवसायलाई जिवन्त राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको थियो । साथै, वहाँले आ–आफ्नो कार्यस्थलमा उपलब्ध भवन, मेसिन, कच्चा पदार्थ, तयार वस्तुहरु सहित कर्मचारी, आगन्तुक र ग्राहक समेतको सुरक्षालाई ध्यान दिनु प्रत्येक उद्योगी/व्यवसायीको दायित्व रहेको बताउनु भएको थियो ।
सोही क्रममा संघका कार्यकारी सदस्य तथा सेमिनारका संयोजक अमित राठीले व्यवसायिक स्थलको सुरक्षित वातावरणले व्यवसायको उत्पादकत्व र आत्मविश्वास बढाउने हुँदा त्यसका लागि औद्योगिक/व्यवसायिक प्रतिष्ठानहरुले अपनाउन सक्ने सुरक्षा विधि र उपकरणहरु बारे विशेषज्ञहरुबाट सचेतनामुलक जानकारी अवगत गराउने उद्देश्यले उक्त सेमिनारको आयोजना गरिएको बताउनु भएको थियो । साथै, संयोजक राठीले प्रत्येक व्यवसायीले आफ्नो
Sense, Sound, Sight (3S) (इन्द्रीय, ध्वनी र दृष्टि)लाई चनाखो राखे आ–आफ्नो कार्यस्थलका सम्भावित जोखिमलाई समयमै नियन्त्रण गर्न सकिने धारणा प्रकट गर्नु भएको थियो ।

साथै सेमिनारका सहजकर्जाहरु अग्नी जोखिम व्यवस्थापन विज्ञ मनोज खत्री र वीमा विज्ञ प्रज्वल आचार्यले सेमिनारमा सहभागीहरुलाई सेमिनारमा कार्यस्थलको सुरक्षार्थ आवश्यक अग्नी जोखिम व्यवस्थापन विधीहरु, वीमा नीतिहरु, उपयोगी सुरक्षा उपकरण तथा यन्त्रहरु आदि बारे जानकारी र प्रयोगात्मक अभ्यास गराउनु भएको थियो ।

सेमिनारमा सहभागी विभिन्न औद्योगिक/व्यवसायिक प्रतिष्ठानका प्रमुख एवं प्रतिनिधिहरु तथा उद्योगी/व्यवसायीहरुले सेमिनारबाट प्रदत्तित जानकारी र प्रयोगात्मक अभ्यासहरु आफ्नो कार्यस्थलका लागि अत्यन्त उपयोगी र लाभदायी रहेको धारणा प्रकट गर्नु भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१