

मन्त्रालय कसले चलाउछ ? कसैले तपाँइलाइ सोध्योभने तपाँइ सहजै भन्नुहुन्छ मन्त्रीले तर कोशि प्रदेशको उद्योग कृषी तथा सहकारी मन्त्रालयमा चाहि उल्टो छ । मन्त्रलय मन्त्रीले हैन सचिबले चलाउदै आएका छन ।
सरुवा भइसकेका सचिब शरण कुमार पण्डेले मन्त्री परिषदको निर्णयलाइ लात मार्दै अटेर गरेर उद्योग मन्त्रलयमा सवारी साधनको दुरुपयोग गर्ने ,मन्त्रालयको सेवा सुविधा लिने जस्ता गतीविधिहरु गरेर गुन्डागर्दी चरित्र देखाएका छन । मन्त्री पाण्डेको साउन २६ गते नै संघको कृषि मन्त्रालयमा सरुवा भइसकेको थियो । उनले मन्त्री परिषदलाइ समेत बेवास्ता गरे । कोशि प्रदेशको उद्योग कृषी ता सहकारी मन्त्रालय स्रो भन्छ, अन्यत्र खटाएको कर्मचारीलाइ प्रदेशको सेवा सुविधा दिन मिल्दैन त्यसैले उहाँले प्रयोग गर्ने गाडी कार्यलयमै राखीएको हो ,।
समाचार स्रोत भन्छ, सचिवले आफै दादागीरि देखाएर आफै मन्त्री भएर मन्त्रलय चलाउन खोजे र उल्टै मन्त्रीज्युलाइ नै आफ्नो आसेपासे नियुक्ति गर्न खोजेको मिथ्या आरोप लगाए ।
पाण्डे सचिव भएर मन्त्रालयमा आएपनी मन्त्रालय मातहतका कर्मचारीसँग काम गर्ने वातावरण सचिवले वनाउन नसकेका मन्त्रालयका कर्मचारी हरु बताउँछन । एक कर्मचारी भन्छन,धेरैवटा मन्त्रालयमा काम गरियो तर यस्तो काम गर्न नै अप्ठ्यारो र काम गर्ने वातावरण बनाउन नसक्ने सचिवसँग अहिलेसम्म काम गरिएको थिएन,।
सचिव पण्डेले मन्त्रालयको कर्मचारी मात्र होइन मन्त्री र सचिवालय लाइ समेत बेवास्ता गर्दै आफुखुसी निर्णयहरु गर्दै आएका थिए । मन्त्रीसँग विगत २० दिनदेखि नभेटी बाहिर बाहिर नै भेटघाट र साँठगाठ गरेर राजनीति गर्दै हिँड्ने गरेको बुझीएको छ । यस विषयमा जानकारी लिन खोज्द उद्योग कृषी तथा सहकारी विकास मन्त्री र मन्त्रलयका सचिब दुवै संग सम्पर्क हुन सकेन । तर समाचार स्रोत भन्छ , सचिब पण्डेले सो मन्त्रलयमा नाङगो नाच देखाएका हुन । नेतृत्वलाइ नटेर्ने निर्देशन अनुसार काम नगर्ने दादागीरि देखाउदै राजनीति गर्दै हिड्ने गरेको बताइएको छ ।