१० भाद्र २०८२, मंगलबार

मोरङको तस्करीको समाचार आउँदा सशस्त्रका सहप्रवक्ता थापाको टाउको रिनिनी !

Logo
news सोमबार, भाद्र ०९, २०८२

विराटनगर ।  सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले आर्थिक दैनिकविरुद्ध सामाजिक सञ्जालमा तथानाम लेखेका छन् । मोरङको दरैयाको उखुबारीबाट तस्करीको सामान पक्राउ परेको सम्बन्धमा समाचार प्रकाशित भएपछि डीएसपी थापाले सामाजिक सञ्जालको दुरुपयोग गर्दै पत्रिकाविरुद्ध तथानाम लेखेका हुन् ।

थापाले समाचारमा आएका विषयवस्तुमा गम्भीर भई त्यसको रोकथामको उपायबारे खोजीनीति गर्नुपर्ने थियो । यो यही भदौ १ गतेको घटना हो । खुुला सीमाबाट कपडासँगै सर्टिङसुटिङको अवैध लाइन चलाउने र सीमा सुरक्षामा बसेको सशस्त्र प्रहरीको बीओपीका बीचमा सामान तानातान भएको थियो । उक्त घट्नासँगै बीओपीसँग तस्करको सेटिङ भत्किएको समाचार आर्थिक दैनिकले छापेको थियो । तर यसले सशस्त्रका सहप्रवक्ता थापालाई भने रन्थन्याइदिएकोे छ ।

भन्सार चोरी निकासी नियन्त्रणका लागि विराटनगर जुट मिलमा बस्दै आएको सशस्त्र प्रहरीको बीओपीको गस्तीसँग दरैयामा रहेको मुसहरी बस्तीको अवैध नाका उखुबारीमा दोहोरो जुहारी चलेको थियो । त्यसले सशस्त्र र तस्करबीच हुने गरेको सेटिङ समेत खुलेको थियो । यो घटनापछि सशस्त्र प्रहरी टोलीले उक्त तस्कर समूहले विराटनगर भित्र्याउँदै गरेको कपडा बोकेको अटो एक र अटोमा लोड भएको सटिङसुुटिङसहित करिब दश पोका अन्य कपडाहरु बरामद गरी विराटनगर भन्सारमा बुझाएको थियो ।

जबकि दरैयामा रहेको सशस्त्र प्रहरीको बीओपीमा प्रहरी निरीक्षककै कमाण्डमा सुरक्षा फौज रहन्छन् । फौजले तस्करीको सामान पक्राउ नगरी छोडेको घटना सार्वजनिक भएको थियो । उक्त घटना सार्वजनिक भएपछि जुट मिलमा रहेको सशस्त्रको बीओपी कमान्डर सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास खतिवडा दरैयाको मुसहर बस्तीमा पुग्दा टेम्पोमा दश पोका कपडासहितको टेम्पो नियन्त्रणमा लिँदा सशस्त्र र तस्करका बीचमा व्यापक घम्साघम्सी नै भएको थियो ।

यसरी आर्थिक दैनिकले गत हप्ता सशस्त्रको बीओपी र खुला सीमा नाकाबाट कारोबार गर्दै आएका कारोबारीबीच हुुँदै आएको तस्करीको कारोबार सार्वजनिक गरेको थियो । उक्त घटना सार्वजनिक भएपछि सशस्त्र प्रहरीको मुुख्यालयमा सहप्रवक्ताका रूपमा कार्यरत सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक शैलेन्द्र थापाले आफ्नो फेसबुुक पेजमा आर्थिक दैनिकको समाचारलाई प्रतिवाद गर्दै कपोकल्पित र भ्रमपूर्णको संज्ञा समेत दिन भ्याएका छन् ।

उनले यो गर्नुुको पछाडि सशस्त्र प्रहरी ३ नम्बर हेडक्वाटर गण टंकीसिनवारी मोरङको कमान्डिङमा रहेका सशस्त्र प्रहरी उपरीक्षक राजेश घिमिरे र तस्करको बीचमा रहेको सेटिङलाई संरक्षण गर्ने मात्रै उद्देश्य रहेको स्रोतको दाबी छ ।

मोरङमा रहेका करिब दशवटा बीओपी युनिटहरुबाट उपरीक्षक घिमिरेले मैनावारी नै बुझाउन उर्दी गरेको कुरा सशस्त्रकै उच्चस्रोतले बताएको छ । तर खुला सीमा नाकाबाट हुने अवैध कारोबार नियन्त्रणका लागि विराटनगर जुट मिलमा रहेको सशस्त्रको बीओपीका प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास खतिवडाले तस्करी बन्द गरी धमाधम तस्कर पक्राउ गर्न थालेका छन् ।

यसरी डीएसपी खतिवडाको कामबाट अत्तालिएका उपरीक्षक घिमिरेले आफ्नो बचाउका लागि सशस्त्र प्रहरी मुख्यालयका सहप्रवक्ता डीएसपी थापामार्फत आर्थिक दैनिकको समाचारलाई बेतुुकको समाचार भन्दै फेसबुक पेजमै तस्करी ढाकछोपमा सशस्त्र मुख्यालयका सहप्रवक्ता शैलेन्द्र थापा आफैँ लागेको दाबी सशस्त्र स्रोतको छ ।

नेपाल र भारतबीचको खुला सीमा नाकामा रहेको सशस्त्र प्रहरीको बीओपी समेत मुखदर्शक बन्न थालेपछि विराटनगरसँग भारतीय सीमा जोडिएको दरैया, मटेरुवा, इस्लामपुर नाका रातिराति सशस्त्रकै सेटिङमा तस्करीका लागि उर्वर नाका बन्न थालेको कुरा पनि बाहिरिन थालेको छ ।

उक्त नाकाबाट भएको यो अवैध कारोबारलाई वैधता दिनका लागि बखरीमा रहेको सशस्त्र प्रहरीको बीओपी पोस्टमा सशस्त्रका सई प्रकाश दाहाललाई खटाएको कुुरा स्रोतले बताएको छ । यी सबैको कमान्डिङ सशस्त्रका प्रहरी ३ नम्बर हेडक्वार्टर गण टंकीसिनवारी मोरङका सशस्त्र प्रहरी उपरीक्षक राजेश घिमिरेले गर्दै आएको र पछिल्लो समय सशस्त्रको ३ नम्बर गण नै बदनाम भएको कुरा उक्त स्रोतले आर्थिक दैनिकलाई जानकारी दिएको छ । आर्थिक दैनिकबाट

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१