०५ भाद्र २०८२, बिहिबार

विराटनगर भन्सारमा धरौटी फिर्तासँगै दस्तुुर विवाद, लेखाप्रमुुख पौडेल विवादमा

Logo
news आइतबार, साउन २६, २०८२

विराटनगर । विराटनगर भन्सारमा पछिल्लो समय आर्थिक पारदर्शिताको विषयलाई लिएर भन्सार कर्मचारी र व्यवसायी एवं उद्योगीका भन्सार प्रतिनिधिबीचमा व्यापक विवाद सुरु हुन थालेकोे छ ।कोशी प्रदेशभित्रको सबैभन्दा ठूलो विराटनगर भन्सार कार्यालय राजस्व असुलीमा समेत संघीय सरकारको ‘क’ वर्ग रहेको छ । तर अहिले विराटनगर भन्सार नाका भएर हुुँदै आएको आयातलाई नै प्रभावित बनाएर भन्सार कर्मचारीहरुबाट दस्तुरी असुलीलाई अग्राधिकार दिन थालेका छन् । कर्मचारीको दस्तुरी असुलीले हैरान भएपछि विराटनगर भन्सार नाका प्रयोग गरी हुुँदै आएको मालवस्तुु आयातको प्रथम केन्द्र विराटनगर भन्सार नाका परिवर्तन गरी वीरगञ्ज वा मेची भन्सार नाकाको प्रयोग हुन थालेको छ । मेची भन्सार नाका र वीरगञ्ज भन्सार नाकामा विराटनगर भन्सारमा जस्तो भन्सार कर्मचारीको दस्तुरीले व्यवसायीलाई दुःख नदिने गरेको व्यवसायी एवं उद्योगीका भन्सार प्रतिनिधिहरुको भनाइ छ ।

वीरगञ्ज र मेची दुवै भन्सारमा भन्सार जाँचपास भइसकेपछि आफूले जति दस्तुर दिए पनि कर्मचारीले खुसी साथ राख्ने र भन्सार जाँचपासमा सहजीकरण नै गरिदिने एक भन्सार प्रतिनिधिले बताए । तर विराटनगर भन्सारमा भन्सार जाँचपासका नाममा प्रज्ञापनपत्र कर्मचारीका नाममा तोक आदेश हुनासाथ कर्मचारीबाट के सामान हो ? कति दिने ? जस्ता बार्गेनिङ कर्मचारीबाट हुने गरेको दाबी समाचार स्रोतले गरेको छ । स्रोतका अनुसार यसरी बल्लबल्ल कर्मचारीलाई फकाइफुल्याइ मालको भन्सार जाँचपास हुुन्छ । तर भन्सार जाँचपाससम्म पुग्नुभन्दा अगाडि भन्सार मूल्याङ्कनको ठूलो समस्या रहेको छ । भन्सारबाट हुने मूल्याङ्कन चित्त नबुझ्ने र धरौटीमा भन्सार दस्तुर बुझाएर भन्सार याडमा आएको मालसामान व्यवसायीले लगेपछि भन्सार विभागबाट उक्त मालको भन्सार मूल्याङ्कन भएर आएसँगै भन्सार कर्मचारीदेखि विराटनगर भन्सारका लेखाअधिकृतसम्मको चित्त बुझाउँदाबुझाउँदै व्यापारीले धरौटी राखेको रकम नै सकिने गरेको समस्या विराटनगर भन्सारमा पछिल्लो समय डरलाग्दोरुपमा रहेको छ ।

विराटनगर भन्सारमा लेखा अधिकृतका रुपमा कार्यरत योगेन्द्र पौडेल व्यापारीहरुले धरौटी फिर्ता माग्ने विषयमा धेरै नै विवादित भएको पाइएको छ । लेखा अधिकृत पौडेल आगामी असोज महिनामा सरकारी सेवाबाट निवृत्त हुँदै छन् । सोही कारण पनि उनी रकम असुलीमा व्यापकरुपमा लागिपरेको यहाँका उद्योगी व्यवसायीहरु बताउँछ । उनी पैसाका लागि निकै बदनाम पात्र हुन् । लेखाअधिकृत पौडेलसँग कुुरा नमिलेकै कारण गत आर्थिक वर्षमै भन्सारले धरौटीबापत जम्मा गरेको रकम व्यवसायीलाई फिर्ता दिन नसकेको बताइन्छ । व्यवसायीको धरौटी रकम फिर्ता दिने प्रक्रियालाई लेखा प्रमुख पौडेलले अझै अगाडि बढाएका छैनन् । लेखाअधिकृत पौडेलको कार्यशैलीका कारण बद्नाम बन्दै गएको विराटनगर भन्सारमा पछिल्लो समय बन्दजस्तै भएको छ । दस्तुरी नमिलेकै कारण व्यवसायीहरुले सामान आयात गर्ने नाका परिवर्तन गर्न थालेपछि विराटनगर भन्सार नाका शून्यप्रायः बनेको स्रोतको दाबी छ ।कर्मचारीकै कार्यशैलीका कारण आजित बनेका विराटनगरका उद्योगी तथा व्यवसायीले एलसी खोल्दा नै विराटनगर भन्सार नाका परिवर्तन गरी वीरगञ्ज वा मेची भन्सार नाका रोज्ने क्रम पछिल्लो समय व्यापक बढेको एक बैंकर्सले पनि जानकारी दिएका छन् ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१