

विराटनगर । सारथी लजिस्टिक्स प्रालिले विराटनगरमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले मंगलबार एक कार्यक्रमका बीच शाखाको उद्घाटन गर्दै देशव्यापी सेवा विस्तार गर्ने घोषणा समेत गरेको छ ।
कम्पनीले विराटनगर र इटहरीबाट देशका २५ भन्दा बढी मुख्य सहरहरूमा बुकिङ सेवा सुरु गरेको समेत जानकारी दिएको छ । कम्पनीका अनुसार बर्दिबास, सर्लाही, वीरगञ्ज, हेटौँडा, टाडी (पर्सा), नारायणघाट, कावासोती, बुटवल, भैरहवा, बर्दघाट, परासी, घोराही, तुलसीपुर, रुकुम, सल्यान, पाल्पा, प्युठान, अर्घाखाँची, चौनौटा, कोहलपुर, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर, काठमाडौं, पोखरा र त्रिशुलीमा सेवा विस्तार गरिनेछ । यस अवसरमा, सारथी लजिस्टिक्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार न्यौपानेले विराटनगरजस्तो प्रमुख व्यापारिक केन्द्रमा सारथीको सेवा विस्तार गर्न पाउँदा गर्व महसुस भएको बताए ।
यहाँबाट ग्राहकहरूलाई भरपर्दो, किफायती र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उनले जानकारी दिए । ‘हाम्रो दृष्टिकोण नेपालका सबै सहर र गाउँहरूलाई सहजरूपमा जोड्ने, आर्थिक समृद्धिमा सहयोग गर्ने, र देशव्यापी मानक स्थापना गर्ने हो’, उनले भने, ‘चाँडै नै हामी देशका सबै प्रमुख सहरहरूमा हाम्रो उपस्थिति बनाउने योजनामा छौँ ।’