०४ साउन २०८२, शनिबार

लुुनियाको व्यावसायिक कारोबारमाथि अनुुसन्धान, राजस्व छलीको आशंकामा विवेक मेसिनरी

Logo
news बिहिबार, साउन ०२, २०८२

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर बजारमा हुुने व्यवसायी कारोबारहरूमाथि आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागले संयुक्तरूपमा सूक्ष्मरूपमा अनुसन्धान गर्न थालेको छ ।

नक्कली भ्याट विल प्रकरणमा विराटनगरका व्यवसायी सौरभ बिहानीले करिब एक अर्ब ३९ करोड राजस्व ठगी गरेको प्रमाणित भएपछि राजस्व विभागले यहाँका व्यावसायिक प्रतिष्ठानहरूको कारोबारमाथि अनुसन्धान गर्न सुरु गरेको हो । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८१/८२ को वार्षिक लक्ष्यअनुसारको राजस्व असुली गर्न नसकिरहेको अवस्थामा व्यवसायी बिहानी प्रकरणको नक्कली भ्याट बिलले आन्तरिक राजस्व कार्यालयलाई समेत अन्य शंकास्पद व्यवसायीको कारोबारमाथि अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्ने दबाब सिर्जना गरेको छ । पछिल्लो समय तीव्ररूपमा राजस्व छली प्रकरणमा संलग्न भएका केही व्यावसायिक प्रतिष्ठानमाथि प्रश्न उठेसँगै आराकाले पनि आफ्नो अनुसन्धान सुरु गरेको हो ।

सुनसरी मोरङ औद्योगिक करिडोरभित्र सञ्चालनमा रहेका हार्डवेयर र मेसिनरी सप्लायर्स व्यवसायीबाट व्यापक राजस्व छली गर्दै कमाउने प्रवृत्ति बढ्दै गएको स्रोतको दाबी छ । मुलुकभर खस्किँदो अर्थ व्यवस्थाका कारण भन्दै व्यवसायीहरूबाट अपेक्षाकृत राजस्व संकलन नभएको अवस्थामा बिहानी हार्डवेयरबाट भएको राजस्व छली प्रकरणले सरकारका सबै निकायलाई गम्भीर बनाएको छ । त्यसैको परिणाम पछिल्लो समय यहाँका केही हार्डवेयर तथा मेसिनरी सप्लायर्स व्यवसायीको वार्षिक व्यावसायिक विवरणलाई केलाउँदा राजस्व बुझाउनेभन्दा पनि धेरै व्यवसायीको कमाउ प्रवृत्ति हाबी हुने गरेको देखिन पुगेको एक उच्च स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार विराटनगर बजारमा सञ्चालित विवेक मेसिनरी एन्ड सप्लायर्सले विगत केही आर्थिक वर्षदेखि आन्तरिक राजस्व कार्यालयमा बुझाउँदै आएको कारोबार विवरणले हार्डवेयर तथा मेसिनरी सप्लायर्सका नाममा हुँदै गरेको राजस्व चुहावटको रहस्य केही भए पनि खोलेको छ । उक्त व्यवसायी फर्मले वार्षिक राजस्व बुझाउँदा अत्यन्त न्यून बुझाएर १० गुनासम्म मुनाफा खाँदै आउँदा समेत कुनै पनि निकायले अहिलेसम्म कारबाहीको दायरामा ल्याउन सकेको छैन । पछिल्लो समय भने उक्त व्यावसायिक फर्म उच्च निगरानीमा परेको स्रोतले बताएको छ । विवेक मेसिनरी एन्ड सप्लायर्सका नामबाट आन्तरिक राजस्व कार्यालय विराटनगरमा २०५५ सालमा नै ३००२१६००६ पान नम्बरबाट आयकरमा दर्ता कायम रहेको छ । उक्त फर्मले २०६१ सालमा गएर मात्रै मूल्य अभिवृद्धि करमा दर्ता गरेको थियो ।

उक्त फर्मको सञ्चालकमा विवेक लुनियाँ रहेका छन् । विगत २०६१ सालदेखि नै सो फर्मले आफ्नो कारोबारको विवरण आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाउँदै आएको छ । तर उक्त फर्मले राजस्व अत्यन्तै न्युन बुझाउँदै आएपछि उक्त फर्म लहिले उच्च निगरानीमा परेको जनाइएको छ । अब सो फर्मको कारोबार केलाएर राजस्व चुहावट भएको छ वा छैन निक्र्योल भएपछि मात्रै कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी राजस्वको छ ।

विराटनगर र भारतीय बजारको दूरी अत्यन्तै कम दूरीमा भएको हुुँदा अधिकांश मेसिनरी पार्ट्स भारतबाटै आयात हुने गरेको छ । सोहीअनुसार नै अनुसन्धान गर्दा पनि विवेक मेसिनरी एन्ड सप्लायर्सले कारोबारको ७० प्रतिशत मेसिनरी पार्ट्स कहाँबाट आयात गरेर कारोबार गरेको सम्बन्धमा कुनै तथ्य रेकर्ड नै फेला नपरेको दाबी स्रोतले गरेको छ । यसले गर्दा उक्त व्यवसायी फर्मले मेसिनरी सप्लायर्सदेखि हार्डवेयरको व्यावसायिक सामानहरू भन्सारको मूल्याङ्कनअनुसार आयात नहुने र नेपाल भारतबीचको अवैध खुला नाका प्रयोग गरी आयात गरेको हुुन सक्ने निष्कर्षका साथ राजस्वले यी व्यवसायीबाट भएको व्यवसायी कारोबार विवरणमा आफ्नो अनुसन्धानलाई केन्द्रित गरेकोे हो ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१