३० आषाढ २०८२, सोमबार

साहित्यकार श्रीराम राईलाई ‘गोधूलि भानु काव्य सम्मान–२०८२’

Logo
news आइतबार, आषाढ २९, २०८२

काठमाडौं,  नेपाली साहित्य, भाषा र संस्कृतिमा योगदान पु¥याएका खोटाङका साहित्यकार एवं सञ्चारकर्मी श्रीराम राई ‘गोधूलि भानु काव्य सम्मान–२०८२’ बाट सम्मानित भएका छन्।२१२ औं भानुजयन्तीका अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममार्फत गोधूलि साहित्य प्रतिष्ठान, काठमाडौंले राईलाई सम्मान गरेको हो।

राईका बालकथा, लघुकथा, कविता, गीत, गजललगायत विधामा उल्लेखनीय कृतिहरू प्रकाशित छन्। उनले यसअघि पनि बालपत्रकारिता, लघुकथा र बालसाहित्यतर्फका विभिन्न सम्मानहरू प्राप्त गरिसकेका छन्।कार्यक्रममा राधेश्याम लेकाली, रेणुका भट्टराई, प्रेम खड्का, गंगा पौडेल कर्माचार्यलगायत साहित्यकर्मीहरूलाई पनि काव्य सम्मान प्रदान गरिएको थियो।

त्यसैगरी वरिष्ठ कवि तुलसी दिवसलाई ‘गोधूलि भानु शिखर अभिनन्दन’ प्रदान गरिएको छ भने संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले प्रतिष्ठानलाई रु ५ लाख ५ हजार ५ सय आर्थिक सहयोग गरेकी छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१