२३ आषाढ २०८२, सोमबार

पत्रकार बिक्रम निरौलासहित पाँच जना सम्मानित, स्मृति कोषबाट पुरस्कार वितरण

Logo
news आइतबार, आषाढ २२, २०८२

विराटनगर । नारदमुनी पवित्रादेवी स्मृति कोष, ग्रामथान–२ झोराहाटले पत्रकार बिक्रम निरौलासहित पाँच जना व्यक्तित्वलाई विभिन्न विधामा सम्मान गरेको छ। झीलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार निरौला पुरस्कृत भएका हुन्। कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले दोसल्ला, फूलमाला, कदरपत्र र नगद ११ हजार १११ रुपैयाँसहित सम्मान गरेका थिए।

त्यस्तै, कोषले छत्रपति लुइँटेल सेवा निवृत्त शिक्षक सम्मानअन्तर्गत सरस्वती मावि झोराहाटका पूर्वप्रधानाध्यापक शिवबहादुर अधिकारी र शिक्षक नारायणबहादुर न्यौपानेलाई ५१–५१ सय रुपैयाँसहित सम्मान गर्यो।

साथै, विद्यालयका दुई जना विद्यार्थी—कक्षा १० की रोजिना गच्छदार र कक्षा ९ का आयुस खत्वेलाई छात्रवृत्ति स्वरूप २१–२१ सय रुपैयाँ प्रदान गरिएको हो। छात्रवृत्ति विराटनगर महानगर प्रमुख नागेश कोइरालाले प्रदान गरे।

कार्यक्रममा वक्ताहरूले छत्रपति लुइँटेलको योगदानको चर्चा गर्दै स्मृति कोषमार्फत गरिएको कार्य प्रशंसायोग्य रहेको बताए। कार्यक्रममा छत्रपति लुइँटेल स्मृति ग्रन्थ पनि लोकार्पण गरिएको थियो।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१