०६ आषाढ २०८२, शुक्रबार

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको महत्वपूर्ण आयाम नै स्थानीय तह’

Logo
news आइतबार, जेठ २६, २०८२

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताको कठोर संघर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको एउटा महत्वपूर्ण आयाम स्थानीय तह भएको बताएकी छन् । विराटनगर महानगरपालिकाद्वारा आयोजित पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरूको दुई दिने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले स्थानीय तहलाई विकास निर्माणप्रति सक्रिय, जागरुक र जवाफदेही बनाउन सुुझाव समेत दिइन् । भण्डारीले महिला नेतृत्वले स्थानीय तहमा प्राप्त गरिरहेको भूमिकाले समावेशिता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ एवं सशक्त बनाउने बताइन् । शनिबार सम्पन्न भएको पालिका उपप्रमुखहरूको भेलामा सङ्घीय प्रणालीअन्तर्गत नेपालको संविधानले स्थानीय पूर्वाधार निर्माण, विद्यालयको व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवा, वातावरण तथा जैविक विविधताको संरक्षण, कृषि प्रवद्र्धन, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, सरसफाइलगायतका विषयमा स्थानीय सरकारलाई अग्रणी भूमिका प्रदान गर्नुपर्ने विषयमा विशेषरूपमा छलफल भएको थियो ।

विराटनगर महानगर उपप्रमुुख शिल्पा निराला कार्कीले छलफलमा लोकतान्त्रिक गणतन्त्र केवल शासन प्रणाली मात्र नभई अब एउटा जीवन पद्धतिको रूपमा विकसित भएको र गणतन्त्रको जगमा विकास निर्माणलाई तीव्रता दिएर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनु पर्ने अधिकांश सहभागीहरूको भनाइ रहेको जानकारी दिइन् । मुलुकमा सुशासन र पारदर्शिता आम चासोको विषय बनिरहेको र स्थानीय तहका जनप्रतिनिधिहरू सम्बद्ध सबैले त्यसमा ध्यान पुर्याउनुपर्नेमा जोड दिइएको थियो । मुलुकमा राजनीतिक स्थायित्व कायम गरी विकास निर्माणको प्रक्रियालाई तीव्रता दिनु आजको आवश्यकता रहेको भन्दै सबै तहका सरकारहरूले राष्ट्रको साझा आकाङ्क्षालाई आत्मसात गर्नुपर्नेमा सहभागीहरूले जोड दिएको विराटनगर महानगर प्रमुख नागेश कोइरालाले जानकारी दिए ।

स्थानीय तहलाई जनताको घरदैलोमा सेवा पुर्याउने सुदृढ संयन्त्र बनाउन र विकास निर्माण प्रक्रियालाई तीव्रता दिन प्रचलित कानुन तथा नीति नियमका दस्तावेजमा उप–प्रमुख तथा उपाध्यक्षहरूको अधिकार, भूमिका र कार्यक्षेत्रलाई स्पष्ट र प्रभावकारी ढङ्गले परिभाषित गरिनुपर्नेमा सम्मेलनमा जोड दिइएको थियो । महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निरौला कार्कीलगायतले पालिकामा विभिन्न दलहरूबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूले जनताको काममा एकजुट भएर काम गर्नुपर्ने सुझाव दिएका थिए भने दुुई दिने उक्त सम्मेलनमा दुई सय ९१ पालिकाका उपप्रमुख र उपाध्यक्षहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१