२४ जेठ २०८२, शुक्रबार

१३ हजार रुपैयाँ घुस लिएको आरोप लागेपछि ,असई जिल्ला तानिए

Logo
news बिहिबार, जेठ २३, २०८२

विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा कार्यरत नेपाल प्रहरीका असईमाथि घुस लिएको आरोप लागेको छ । आरोप लागेपछि उनलाई जिम्मेवारीबाट हटाएर अनुसन्धानमा तानिएको छ ।प्रहरीको सीआरभी युनिट केसलियाका इन्चार्ज रामअवतार यादवमाथि १३ हजार रुपैयाँ घुस लिएको आरोप लागेको हो । उनी वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत थिए । उनलाई केही दिनअघि सीआरभी इन्चार्जको जिम्मेवारीमा पठाइएको थियो ।

सुनसरीको देवानगन्ज गाउँपालिका–७ का इन्द्रदेव यादवसँग घुस लिएको आरोप लागेको हो । विराटनगर–१८, भेडियारी बस्ने आफन्तलाई दिएको सापटी रकमवापतको एक लाख ७५ हजार रूपैयाँ बोकेर इन्द्रदेव आफ्नो घर फर्कने क्रममा सीआरभीको चेकिङमा परेका थिए । रकम बरामद भएपछि त्यही बेला नियन्त्रणमा लिएर असई रामअवतारले १३ हजार रूपैयाँ लिएको आरोप लगाएका छन् ।

घटना बाहिर आएपछि असई रामअवतारलाई गत सोमबार सीआरभी नेतृत्वको जिम्मेवारीबाट हटाइएको छ । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तानिएको छ । असईले घुसवापत लिएको दाबी गरिएको रकम भने बरामद नभएको जिल्ला प्रहरी कार्याल मोरङले बताएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१