२० जेठ २०८२, सोमबार

गृहमन्त्री लेखकद्वारा भिजिट भिसा काण्डको अनुसन्धान गरिरहेका डिआईजि श्रेष्ठको सरुवा

Logo
news शुक्रबार, जेठ १७, २०८२

विराटनगर । गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिषा काण्डमा अनुसन्धान गरिरहेका अनुसन्धान अधिकृतलाई गृह मन्त्रालयले सरुवा गरेको छ ।मन्त्रालयले अख्तियार दुरुपयोग अनुसनधान आयोग टंगालमा भिजिट भिषामा भएको भ्रष्टाचारको अनुसन्धान गरिरहेका नेपाल प्रहरीका डिआईजि हिमालय कुमार श्रेष्ठलाई मन्त्रीस्तरिय निर्णयबाट सरुवा गरेको हो ।
भिजिट भिषामा मानव तस्करी भइरहेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनमा छापा मारेर अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएसंगै गृहमन्त्रीको समेत संलग्नताको आशंका गरिएको थियो ।
गृहमन्त्रीको संलग्नताको आशंकाकै बिच अनुसन्धान गरिरहेका डिआईजि श्रेष्ठकै सरुवा भएको हो ।

लेखक गृहमन्त्री भएपछि विमानस्थलको अध्यागमन कार्यालयमा सरुवा भएका अध्यागमन प्रमुख भट्टराईलाई अख्तियारले छापा मार्नुभन्दा एक दिन अघि गृह मन्त्रालयमा तानेपछि गृहमन्त्रीको भूमिकामाथि आशंका उब्जिएको थियो ।

अख्तियारले छापा मार्ने गोप्य सूचना पाएपछि भट्टराईलाई मन्त्रालय तानिएको आरोप लेखकलाई लागेको छ । त्यसैले मानव तस्करीमा गृहमन्त्री लेखकको संलग्नता रहेको भन्दै उनकै पार्टी नेपाली कांग्रेससहित विपक्षी दलका नेताहरुले उनको राजीनामा मागेर संसद अवरुद्ध गरिरहेकै समयमा गृहमन्त्री लेखककै निर्णयमा अनुसन्धान गरिरहेका अनुसन्धान अधिकृतको सरुवा भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१