

विराटनगर । आर्थिक बर्ष २०८२/२०८३ को बजेट बारे कोशी प्रदेश उद्योग बाणिज्य महासंघका अध्यक्ष राजेन्द्र राउतले प्रतिक्रिया दिएका छन् । बिहीबार अर्थमन्त्री बिष्णु पौडेलले संसदमा बजेट प्रस्तुत गरेपछि त्यसमा राउतले प्रतिक्रिया दिएका हुन ।
उनका अनुसार प्रस्तुत बजेटमा राजस्वको लक्ष्य चाहिँ गत वर्षभन्दा यो वर्ष घटाएको छ, कृषिलाई प्रवर्द्धन गर्ने योजना सकारात्मक रहेको , धानको उत्पादन बढाई चामलमा आत्मनिर्भर हुने कुरा ल्याएको , युवा उद्यमीलाई ३प्रतिशत को ब्याजमा ऋण दिने , १० करोडभन्दा माथि को बिजनेस गर्ने स्टार्टअपलाई पाँच वर्षसम्म आयकर छुट्ट छोड्दिने, सुन चाँदीका गहनामा वन्डेड हाउसको सुविधा दिने साथै निर्यात गरेको गहनाको ५० प्रतिशत विदेशी मुद्राको सुनचादी आयात गर्न पाउने, एक्जिम कोडमा लाग्दै आएको बैंक धरौटी खारेजी, नेपालीले विदेशमा लगानी गर्न पाउने गर्न पाउने र आम्दानीको ५० प्रतिशत स्वदेशमा ल्याउनुपर्ने , भन्सार बिन्दुमा दाल गेडागुडी फलफुल लगायत खाद्यान्न वस्तुमा लाग्दै आएको अग्रिम आयकरको खारेजी, होटेल र रिसोर्टमा लाग्ने विद्युत महसुलमा छुट दिने , सूचना प्रविधि र होटेल उद्योगलाई कर छुट दिने कुराहरु उल्लखे भएको बताएका छन् ।
त्यस्तै, प्रदेशमा जलन अस्पतालको स्थापना गर्ने, निजी क्षेत्रको साझेदारीमा व्यवस्थित सहरीकरण विकास गर्ने,चतरा लेगुवा ट्रयाक खोल्ने जस्ता कार्यक्रमहरू सकारात्मक रुपमा रहेको समेत उल्लेख गरेका छन् । राउतले विराटनगरले विगत कयौं वर्षदेखि माग गर्दै आएको प्रदर्शनी कक्ष ,विशेष आर्थिक क्षेत्र, क्षेत्रीय विमानस्थलका विषयमा चाहिँ बजेट मौन रहेको बताएका छन् । यसका अलावा पनि यस क्षेत्रको विकासका लागि प्रस्तुत बजेटबाट कुनै पनि कुरा नआएकोमा दुख ब्यक्त गरेका छन् ।