२० जेठ २०८२, सोमबार

मुलुकका हरेक क्षेत्रमा लैङ्गिक समानता कायम हुनुपर्छ – नेकां नेता डा कोइराला

Logo
news मंगलबार, जेठ १४, २०८२

मोरङ, नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकका हरेक क्षेत्रमा लेङ्गिक समानता कायम हुनु जरुरी रहेको बताउनु भएको छ।जिपी कोइराला लेबर फाउण्डेशन नेपालद्वारा मङ्गलबार विराटनगरमा आयोजित ‘लैङ्गिक समानता’ विषयक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले राजनीतिक दलहरुले लैङ्गिक समानतालाई व्यवहारमा उतार्न आफ्नो क्षेत्रबाट कार्य गर्नुपर्नेमा जोड दिनु भयो ।

नेकां नेता डा शेखर कोइरालाले समान कामको समान ज्याला भनिएपनि महिला श्रमिकहरुलाई दिने पारिश्रमिकमा भेदभाव भएकोले त्यसको अन्त्यका लागि ट्रेड युनियनले आवाज उठाउन सुझाव दिनु भयो ।
उहाँले पार्टीको केन्द्र देखि जिल्ला तहसम्म ट्रेड युनियनको प्रतिनिधित्वि हुनु पर्ने विगतदेखि आफुले माग गरेको चर्चा गर्दै यसबाट श्रमिकहरुलको हकहितमा युनियनले उठाएको माग पुरा हुने टिप्पणी गर्नु भयो ।
नेकांका केन्द्रीय सदस्यद्वय अमृत अर्याल र रामकृष्ण भट्टराईले आर्थिक उपार्जनमा वृद्धि गरी लैङ्गिक समानता कायम गर्नुपर्ने सुझाव दिनुभयो ।फाउण्डेशनकी अध्यक्ष सुधा दाहाल ,नेकां मोरङका कार्यवाहक सभापति भक्ति माझी,ट्रेड युनियन कांग्रेसका नारायणबाबु कार्की ,फाउण्डेशनका मातृका शिवाकोटीले फाउण्डेशनले विस २०६५ देखि महिला श्रमिकको हक अधिकारका क्षेत्रमा कार्य गरिरहेको जानकारी दिनु भयो । एक दिने उक्त कार्यक्रम महिला श्रमिकको संरक्षण, वैदेशिक रोजगार प्रशिक्षण, शिप प्रदान र सचेतना जस्ता कार्यक्रममा जिल्लाका एक सय जनाको सहभागिता रहेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१