०२ आषाढ २०८२, सोमबार

उद्योग संगठन र डिग्री क्याम्पस विराटनगरबीच सहकार्य

Logo
news बुधबार, जेठ ०८, २०८२

काठमाडौं । उद्योग संगठन मोरङ र डिग्री क्याम्पस विराटनगरबीच सहकार्य गर्ने समझादारी भएको छ । उद्योग र शैक्षिक क्षेत्रबीच सहकार्यको माध्यमबाट आर्थिक विकाससँग सम्बन्धित विविध विषयहरूमा अध्ययन अनुसन्धान गरी यस क्षेत्रको समग्र औद्योगिक विकासमा थप टेवा पुर्याउने अभिप्रायले दुई संस्थाबीच सम्झौता भएको हो ।

डिग्री क्याम्पसमा सोमबार आयोजित कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले आर्थिक एवं औद्योगिक क्षेत्रको दिगो विकास, लगानीमैत्री नीति निर्माण, वर्तमान कानुनहरूको समय सापेक्ष परिवर्तनमा शैक्षिक क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए । उनले नीति विश्लेषण, दक्ष जनशक्ति उत्पादन र समग्र अर्थतन्त्रसँग सम्बन्धित अध्ययन अनुसन्धानमा उद्योग र शैक्षिक क्षेत्रबीच सहकार्य हुनुपर्ने आवश्यकता औँल्याए । आर्थिक एवं औद्योगिक क्षेत्रमा आधारित अध्ययन अनुसन्धान र औद्योगिक इकोसिस्टम विकासले मात्र अर्थतन्त्रको दिगो विकासमा सहयोग पुग्ने उल्लेख गर्दै उनले शैक्षिक क्षेत्रले निजी क्षेत्रसँग हातेमालो गर्नुपर्नेमा जोड दिए ।

डिग्री क्याम्पस विराटनगरका प्रमुख ढकबहादुर मगरले आर्थिक एवं औद्योगिक क्षेत्रसँग सम्बन्धित अध्ययन, अनुसन्धान र औद्योगिक विषयको शोध कार्यमा सहजीकरण गर्न डिग्री क्याम्पस सदैव अग्रसर रहेको बताए । शैक्षिक एवं औद्योगिक क्रियाकलापमा निजी क्षेत्रसँग सहकार्य गर्न डिग्री क्याम्पस विराटनगर इच्छुक रहेको धारणा राखे । संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले उच्च शिक्षा अध्ययन अध्यापनमा कोशी प्रदेशको अग्रणी शैक्षिक संस्था डिग्री क्याम्पस विराटनगरसँगको सहकार्यमा गरिने गतिविधिले इन्डट्रिज एकेडेमिया लिंकेज आवश्यकतालाई थप उजागर गर्ने स्पष्ट पारे ।

सोही अवसरमा उद्योग संगठन मोरङले डिग्री क्याम्पसको ग्राउन्ड परिसरमा विराट एक्स्पो प्रयोजनका लागि निर्माण गरेको संरचना डिग्री क्याम्पस विराटनगरका प्रमुखलाई हस्तान्तरण गरेको छ । शैक्षिक संस्था र निजी क्षेत्रको साझेदारीअन्तर्गत उद्योग संगठन मोरङले निर्माण गरेको संरचनाले क्याम्पसको पूर्वाधार विकासमा थप टेवा पुर्याउने संगठनले विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१