१९ जेठ २०८२, आइतबार

उमागौरी कृषि सहकारीमा भएको रकम अपचलन मुद्दाको सक्कल मिसिल झिकाउन आदेश !

Logo
news शुक्रबार, जेठ ०३, २०८२

विराटनगर । सार्वजनिक लेखा समतिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती मुछिएको उमागौरी कृषि सहकारी संस्थामा भएको रकम अपचलनसँग सम्बन्धित मुद्दाको सक्कल मिसिल झिकाउन आदेश भएको छ ।उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासले सहकारीको सक्कल मिसिल झिकाउने आदेश दिएको हो।

सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारसहित २६ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालय मोरङले २०८१ मंसिर २७ गते जिल्ला अदालतमा दर्ता गरेको थियो। मुद्दामा रौनियारसहित संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला, रंगेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास, धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलगायतलाई प्रतिवादी बनाइएको थियो।

यसक्रममा गत पुस २४ गते अदालतमा उपस्थित भएकी कोइराला जिल्ला अदालतले धरौटीबापत माग गरेको १० लाख रूपैयाँ बुझाएर छुटेकी थिइन्। वडाध्यक्ष खवास ५ लाख धरौटी बुझाएर छुटेका थिए। मुद्दामा कोइरालासहित ६ जना जिल्ला अदालत मोरङको आदेशबाट धरौटीमा छुटेका छन्।सहकारीको हिनामिना भएको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित दर्ता भएको मुद्दाको अनुसन्धानका क्रममा पूर्ववडाध्यक्ष चौधरी मात्रै पक्राउ परेका थिए।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१