

विराटनगर । एसियन थाई फुड्स प्रालिको दोस्रो साशा कपिलबस्तुमा सञ्चालन भएको छ । मोरङमा दुई दशक अघि सञ्चालनमा आएको कंपनीले कपिलवस्तु नगरपालिका–६ गोबरीमा उद्योग सञ्चालनमा आएको हो । ल्याएको छ। उद्योगमा ‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’लगायत चाउचाउ उत्पादन सुरु गरेको छ ।
अढाई बिघा क्षेत्रफलमा स्थापना गरेको उद्योगमा सुरुमा चाउचाउ र पछि अन्य उत्पादन गरिने जनाइएको छ । प्रालिका प्रबन्धक महेश जाजुले उद्योगमा उत्पादन भएका चाउचाउ ३० बढी देशमा निर्यातसमेत हुने गरेको बताएका छन् । अन्य स्नयाक र मसला उत्पादन गर्ने मेसिनसमेत उद्योगमा रहेकाले ६ महिनापछि उत्पादन गर्ने उनले जानकारी दिए । ‘यहाँ उत्पादन गरेको चाउचाउ देशभर नै पुर्याउने लक्ष्य छ,’ उनले भने, ‘अहिले कपिलवस्तुको उद्योगमा २ सय ५० जनालाई रोजगारी प्रदान गरिको उनले बताए ।