०४ जेठ २०८२, शनिबार

पर्यटन वर्ष कोशीमा ल्याएको उत्साह

Logo
news मंगलबार, बैशाख ०९, २०८२

बेलबारी (मोरङ) । प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले ‘पर्यटन वर्ष, २०८२’ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाखभन्दा बढी पर्यटक ल्याउने लक्ष्यसहित सुरु भएको पर्यटन वर्षले प्रदेशवासीमा उत्साह थपेको छ ।कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन कोशी प्रदेश सरकारले पर्यटन वर्ष, २०८२ कार्यक्रम ल्याएको छ । गत चैत २७ गते गुराँसको राजधानी मानिने तेह्रथुमको तीनजुरे मिल्केमा उपप्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटन वर्षको शुभारम्भ गरेका हुन् ।

त्यस अवसरमा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्वपूर्ण भएको चर्चा गरे । पर्यटनका माध्यमबाट नेपालको वैदेशिक ऋण र व्यापार घाटा काम गर्न सकिने उल्लेख गर्दै उनले ऊर्जा, जलविद्युत् पर्यटन, जडीबुटीका क्षेत्रमा काम गर्ने बताएका थिए ।

पर्यटन वर्षमा विशेषगरी धार्मिक, प्राकृतिक, सांस्कृतिक पर्यटकहरु कोशी घुम्न आउने कोशी पर्यटन वर्षका सहसंयोजक भविष श्रेष्ठ बताउँछन् । उनका अनुसार धार्मिक, प्राकृतिक, सांस्कृतिकसँगै शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रका पर्यटक पनि आउने जानकारी दिए । उनले १५ लाखभन्दा पर्यटक ल्याउने र यसका लागि पर्यटक स्तरीय होटल पूर्वाधार निर्माण भइसकेको उल्लेख गरे ।

भ्रमण वर्षको अवसरमा कोशी प्रदेश सरकारले सीमा नाकामा पर्यटकीय सवारीसाधनलाई स्टिकर टाँस्न सुरू गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय सवारीसाधनमा पर्यटन वर्षको स्टिकर टाँसेर अभियानको सुरूआत गरेका हुन् ।कोशी प्रदेश भौगोलिक, सांस्कृतिक र धार्मिक पर्यटनका हिसाबले रमणीय मानिन्छ । यहाँ विभिन्न प्रसिद्ध धार्मिक स्थलसहित विश्वको सर्वोच्च शिखर सगरमाथादेखि समुद्री सतहवाट ७० मिटर उचाइमा रहेको नेपालकै होचो भू–भाग कचनकवल पनि छ । सूर्योदय हेर्नका लागि इलामको श्रीअन्तुडाँडामा दैनिक हजारौँ स्वदेशी तथा बाह्य पर्यटकको भीड लाग्ने गर्दछ । कोशीटप्पु आरक्ष क्षेत्रमा चरादेखि वेतना सिमसारका कछुवाले पर्यटकलाई लोभ्याउने गरेको छ ।

कोशी प्रदेश सरकारले यो प्रदेशमा पर्यावरणीय गन्तव्यको सूचीमा १३ र ट्रेकिङ ट्रेलको रुपमा १० स्थान समावेश गरेको छ । सर्वोच्च शिखर सगरमाथा अवलोकन गर्न ४३ प्रतिशत बाह्य र ५७ प्रतिशत आन्तरिक पर्यटक हरेक वर्ष यो प्रदेशमा आउने गरेको सरकारी तथ्याङ्क छ । साथै धनकुटाको छिन्ताङ, ताप्लेजुङका पाथिभरा मन्दिर, खोटाङको हलेसी, सुनसरीको बराह क्षेत्र धार्मिक पर्यटनको हिसाबले महत्वपूर्ण क्षेत्र रही आएका छन् । इलामको चियाबारी, धनकुटाको भेडेटार, भोजपुरको ट्याम्के मयुङडाँडा, पाँचथरको साधुटारलगायत पर्यटकीय आकर्षक गन्तव्य मानिन्छन् । सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से र चोयुलगायत हिमशृङ्खलाले विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेको छ । सगरमाथा, मकालु र कञ्चनजङ्घा बेस क्याम्पसम्मको ट्रेक साहसिक र रोचक मानिन्छ । त्यससँगै फाल्गुनन्द ट्रेकिङ, मुन्दुम ट्रेल, सभापोखरी ट्रेक पर्यवरणीय पर्यटनको आधार मानिन्छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१