२४ माघ २०८१, बिहिबार

नेपाल–भारतको खुला सीमाबाट हुुने तस्करीमा सशस्त्र संलग्न !

Logo
news आइतबार, माघ २०, २०८१

विराटनगर,नेपाल भारतका बीचमा रहेको खुला सीमाबाट हुने तस्करीमा सशस्त्र प्रहरीको समेत संलग्नता रहने गरेको पाइएको छ । कपडालगायत सटिङ सुटिङको अवैध आयात गर्ने तस्करीहरूलाई सीमा सुुरक्षाको जिम्मेवारी बोकेको सशस्त्र प्रहरीको बीओपीले सेटिङमा सहयोग गरिरहेको खुलेको हो ।सीमा नाकाबाट हुुने भन्सार राजस्व चोरी नियन्त्रणको जिम्मेवारी बोकेको सशस्त्र प्रहरीको बीओपी समेत कपडा तस्करीका लागि सहज वातावरण बनाउन लागेको स्थानीयहरूको दाबी छ । सोही कारण सशस्त्र प्रहरीको कमान्ड सम्हालेर बसेका सशस्त्र प्रहरी बल मोरङका एसपी विश्व खड्कालाई सशस्त्र प्रधान कार्यालयले एक महिनासम्म कारबाही गरेको खुलेको छ ।

खड्कालाई एक महिना प्रधान कार्यालयमा नै राखेर फेरि गल्ती नगर्ने सर्तमा सशस्त्रको मोरङ कमान्ड सम्हाल्न पठाइएको प्रहरी स्रोतको दाबी छ । विराटनगरसँग भारतीय सीमा जोडिएको इस्लामपुर नाकाबाट सेटिङमा कपडा तस्करी हुुने गरेको भन्दै उजुुरी परेपश्चात सशस्त्रको हेडक्वाटरले मोरङ एसपी विश्व खड्कालाई तानेर एक महिनाको नसिहतपछि पुुनः टकीसिनबारीमा रहेको सशस्त्रको एसपी कार्यालय पठाएको हो ।विराटनगरका ब्यवसायीहरूले सरकारले कपडा आयातको लागि एलसी समेत खोल्न नसक्ने गरी व्यावसायिक बातारण नै बिगारेको आरोप लगाउँदै अवैध बाटोबाट कपडा आयातको धन्धा गर्नेसँग कपडाको माग गर्न थालेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१