१३ चैत्र २०८१, बिहिबार

विराट एक्स्पो २०२५ को उद्घाटन प्रधानमन्त्रीले गर्ने

Logo
news बुधबार, माघ ०९, २०८१

विराटनगर । उद्योग संगठन मोरङद्वारा आयोजित विराट एक्स्पो २०२५ ब्रिजिङ इनोभेसन तथा इन्भेस्टमेन्टको उद्घाटन माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । उद्योग संगठनको आयोजनामा आठौँ संस्करणको विराट एक्स्पो माघ ११ देखि २० गतेसम्म डिग्री क्याम्पस विराटनगरमा हुनेछ । संगठनका अध्यक्ष राकेश सुुरानाले एक्स्पोलाई पूर्ण डिजिटल तथा अन्तर्राष्ट्रियस्तरको स्वरूपमा आयोजना गर्ने तयारीका लागि केही प्र्राविधिक विषय व्यवस्थापनका कारण उद्घाटन कार्यक्रमलाई एक दिनपछि सारिएको बताए । युवा उद्यमशीलता प्रवद्र्धनमा फोकस गरिएको एक्स्पोमा डिजिटल प्रविधिलाई प्राथमिकतामा राखिएको अध्यक्ष सुुरानाले जानकारी दिए । उद्यम तथा व्यवसायका लागि संगठनको सेन्टर फर एक्सेलेन्स, रोजगारका लागि रोजगार कोशी पेभिलियन, डिजिटल प्रविधिको शोकेस, प्रत्यक्ष प्राविधिक तालिम तथा करिअर काउन्सेलिङजस्ता महत्वपूर्ण विषयलाई विशेष ग्राह्यता दिएको उनले बताए ।

त्यसैगरी एक्स्पोमा आर्यडियालाई उद्यमशीलतामा रूपान्तरण गर्न स्टार्टअप हाकाथनदेखि दैनिक थिमेटिक कन्फेरेन्स, प्रविधि र फेसनलाई झल्काउने थिमेटिक फेसन सो, दैनिक विद्यार्थीहरूका लागि उद्यमशीलता माइन्डसेटसम्बन्धी प्रशिक्षण कार्यशालाको व्यवस्था पनि गरिएको छ । एक्स्पोमा कफीसम्बन्धी लाटेआर्ट प्रतिष्पर्धा, कफी टेस्टिङ, दैनिक सांस्कृतिकलगायतका कार्यक्रम आयोजना गरिएको संगठनले जनाएको छ । संगठनले विराट एक्स्पो २०२५ का मुख्य प्रायोजक, प्रायोजक, पार्टनर प्रवद्र्धक, योगदानकर्ता, एक्जिबिटर्स, अवलोकनकर्ता, सहयोगीहरूलाई विराट एक्स्पो २०२५ लाई भव्यताका साथ सम्पन्न गर्न उद्योग संगठन मोरङले विज्ञप्तिमार्फत आह्वान गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१