१७ बैशाख २०८२, बुधबार

निलम्बनमा परेका भन्सार एजेन्ट थापा जाँचपासमा संलग्न

Logo
News सोमबार, माघ ०७, २०८१

विराटनगर । विराटनगर भन्सारले भन्सार एजेन्ट कृष्ण बहादुुर थापालाई निलम्बन गरेको छ । निलम्बनमा परेपछि थापा निलम्बन फुकुवा गर्न शक्ति केन्द्र धाउन थालेका छन् । भन्सार विभागले भन्सार एजेन्ट थापाको लगिन नम्बर तीन सय ९२ हाल रोक्का छ ।

यद्यपी ती भन्सार एजेन्टले विराटनगर भन्सारमा निर्वाधरूपमा भन्सार जाँचपासमा संलग्न भइरहेको भन्सार एजेन्टहरूले बताएका छन् । थापाले आफू सञ्चालक रहेको पूर्णकृष्ण ट्रेडर्स नामक कम्पनीको भन्सार जाँचपास आफैँले गरेपछि उनी निलम्बनमा परेका हुन् । भन्सार एजेन्ट थापाले केही कर्मचारीको मिलोमत्तोमा लाखौँ राजस्व बुझाउने सामानको कम मूल्याङ्कन गरी एक प्रतिशत मात्रै राजस्व बुझाएर सामान भन्सार पास गर्ने प्रयास गरेका थिए । थापालाई भन्सारले दुई महिनाका लागि निलम्बन गरेको छ । थापाले भन्सार विभागबाट पाएको भन्सार जाँचपास गर्ने लगिन नम्बर तीन सय ९२ पनि भन्सार विभागबाट रोक्का गरी एजेन्ट थापालाई कारबाही गरेको हो ।

भन्सार एजेन्ट थापा दुई महिनासम्म कुनै पनि मालसामान जाँचपास गर्न नसक्ने गरी कारबाहीमा परे पनि उनले विराटनगर भन्सारमा भन्सार जाँचपास गर्दै आएका एक नयाँ भन्सार एजेन्टको लगिन प्रयोग गरी खुलेआम भन्सार जाँचपास गर्दै आएका छन् । भन्सार प्रमुखले भन्सार एजेन्ट थापालाई गत मंसिरमा नै छ महिना भन्सार एजेन्टबाट निलम्बन गर्ने तयारी गरेको थियो । तर केही चर्चित भन्सार एजेन्टहरूले एजेन्ट थापालाई भन्सार प्रमुख समक्ष कारबाही नगर्नका लागि अनुनय विनय गरेपछि दुई महिनाका लागि मात्रै निलम्बन गरिएको स्रोतले बताएको छ । त्यसबेला नै प्रमुख भन्सार अधिकृतले कुनै पनि राजस्व ठग्ने भन्सार एजेन्टलाई उन्मुक्ति नदिने भन्दै दुई महिनासम्म भन्सार एजेन्टको लगिन बन्द गर्ने र एजेन्ट थापालाई निलम्बन गर्ने निर्णय गरेका थिए ।

हाल भन्सार एजेन्ट थापा आफू कारबाहीमा परेको कुराको बेवास्ता गर्दै निर्वाधरूपमा भन्सार जाँचपासमा अन्य भन्सार एजेन्टको हस्ताक्षर प्रयोग गरी अरूकै लगिनबाट भन्सार जाँचपास गर्न थालेपछि भन्सार एजेन्ट थापाको निलम्बन छ महिना पुुर्याउनुुपर्ने भन्दै प्रमुख भन्सार अधिकृतलाई अन्य भन्सार एजेन्टहरूले माथिल्लो निकायबाट व्यापक दबाब बढाएको दाबी पनि स्रोतले गरेको छ । यसले गर्दा विराटनगर भन्सारले पनि भन्सार एजेन्ट थापाको निलम्बन छ महिना पुर्याउने तयारी गरेको कुरा उच्चस्रोतले बताएको छ ।

पछिल्लो समय विराटनगर भन्सारमा भन्सार एजेन्ट कृष्णबहादुर थापाका विषयमा अन्य टीकाटिप्पणी समेत सुरु भएको छ । एजेन्ट थापाले छोटो समयमा राम्रो कमाउन सफल भन्सार एजेन्टको दर्जामा रहेको स्रोतको दाबी छ । त्यसैगरी थापाले आन्तरिक राजस्व कार्यालयलाई समेत आफ्नो नाममा दर्ता कायम रहेको पूर्णकृष्ण ट्रेडर्सको कारोबारी विवरण पनि झूटो बुझाएर राजस्व ठगी गरिरहेको स्रोतले बताएको छ । उनले आन्तरिक राजस्व कार्यालय विराटनगरलाई आयकरबापतको राजस्वमा व्यापक अनियमित्ता गरेको दावी स्रोतले गरेको छ । भन्सार एजेन्ट थापाको यो घटनाको उजागरसँगै राजस्व ठगीमा कारबाही गदै आएको राजस्वले पनि एजेन्ट थापालाई उन्मुक्ति दिने हो कि कारबाही गर्ने हो हेर्न बाँकी नै रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१